काठमाडौं, २८ साउन
मलेसिया, पोल्यान्ड र क्रोएसियासहितका देशमा पठाउन भन्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर फिरौती असुलेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। प्रहरीले ५ जना बंगलादेशी र २ जना नेपालीसहित उक्त प्रकरणमा संलग्न भएको अभियोगमा ७ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बंगलादेश गाजीपुर घर भई काठमाडौं महानगर-९ कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर होसेन, बंगलादेश बरिसाल घर भई ललितपुर महानगर-२८ हरिसिद्दी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बंगलादेश कुमिल्ला घर भई हरिसिद्दी बस्ने ३८ वर्षीय सलिम मिया र उनकी श्रीमती सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली छन्।
त्यस्तै बंगलादेश ढाका घर भई काठमाडौं हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, ढाका घर भई काठमाडौं कपुरधारा बस्ने ३४ वर्षीय जाहङगिर आलम र इलाम घर भई काठमाडौंको नक्साल बस्ने ३३ वर्षीया रोशनी राई छन्।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

आनीको नियुक्तिबारे सर्वोच्चको कारण देखाऊ आदेश, अन्तरिम आदेशबारे मंसिर १४ मा छलफल
मंसिर ११ गते २०८३
लगातार तेस्रो दिन नेप्सेमा वृद्धि, कारोबार रकम पनि बढ्यो
मंसिर ११ गते २०८३
कार्कीको रिटमा वकिलको प्रश्न : नेपालको कानुनले दुई जना आईजीपी हुने व्यवस्था गरेको छ र ?
मंसिर ११ गते २०८३
घोप्टेभीरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
मंसिर ११ गते २०८३
गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक
मंसिर ११ गते २०८३
विदेशी लगानीकर्तालाई नेपालमा किन सास्ती ? चन्द्र ढकालले खोले समस्या
मंसिर ११ गते २०८३
निर्वाचन आयोगले अद्यावधिक गर्यो कांग्रेसको नयाँ कार्यसमिति
मंसिर ११ गते २०८३
