चितवनमा स्वतन्त्र नागरिक संयुक्त आन्दोलनको निरन्तरता

समाचार शेयर गर्नुहोस्

चितवन

काठमाडौं मा सामाजिक अभियन्ता हेमराज थापा, बालकृष्ण न्यौपाने, निकोलस भुषाल,सोम शर्मा र बिजय कडेल लगायतका युवाहरुले गरेको दबाब मुलक आन्दोलन को प्रभाब पछिल्ला समयमा चितवन मा पनि सुरु भएको छ । गत हप्ता पनि दबाब मुलक आन्दोलन हरु गरेका चितवन का अभियान्ता हरु ले यो हप्ता पनि बृहत आन्दोलन तथा बिरोध सभा गरेका छन् ।

अनुराग पाण्डेको सभापतित्व मा सुरु भएको आन्दोलन मा प्रमूख अतिथि यदुनाथ सिग्देल, बिशिष्ट अतिथिमा नागरिक बचाउ महाअभियान नारायणी अञ्चलका प्रबक्ता मेगराज पौडेल,  सह संयोजक सन्जु जंग राणा, राप्रपा नेपाल का केन्द्रिय सदस्य शकंर अधिकारी, मुस्लिम लिग चितवन का अध्यक्ष्य सलिम खान लगायतका अभियान्ता हरु को उपस्थिती रहेको थियो ।

बक्ताहरुले ब्यबस्था नबदलिइ अवस्था नबदलिने र नेताहरुलाई नलखेटी देश नबन्ने उद्घोष गरेका थिए ।

आगामि शनिवार पनि कार्यक्रम ले निरन्तरताको पाउने कार्यक्रम का सन्चालक चिरन्जीवी न्यौपाने ले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको