काठमाडौँ। रामनवमीको साइत पारेर १३ चैतमा बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने भएका छन्।

संसद् सचिवालयले पनि १३ चैतमा शपथ ग्रहण कार्यक्रम आयोजनाको तयारी गरेको छ। यद्यपि मन्त्रीहरूको शपथ ग्रहणसम्बन्धी विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पनि १३ चैतमा शाहले प्रधानमन्त्रीको शपथ लिने जानकारी दिएका छन्। रास्वपाको सचिवालय र केन्द्रीय कमिटीको निर्णयअनुसार बालेन्द्रलाई प्रधानमन्त्री बनाउने प्रक्रिया अघि बढाइएको छ।