बुधबार,भदाै ८,२०७९गोरखा : हिन्दु नारीहरूको महान चाड हरितालिका तीज आउन अब केही दिन मात्र बाँकी छ । यस्तै गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन्।
सोही गाउँका वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन्। ‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएका थिए। सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्’, उनले भने, ‘बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ।’








