क्यानडा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक रूपमा आबद्ध भएको छ । यससँगै क्यानडा सो कोषमा सहभागी हुने २५औँ नेटो सदस्य राष्ट्र तथा उत्तर अमेरिकाबाट आबद्ध हुने पहिलो देश बनेको छ ।
क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले शनिबार कोषमा आबद्धतासम्बन्धी वार्ता सम्पन्न भएको र क्यानडा औपचारिक रूपमा सदस्य बनेको घोषणा गरेका हुन् ।







