नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले भारतसँग ‘विकसित भारत र समुन्नत नेपाल’को साझा भिजन बनाउने विषय उठे पनि नेपालको आफ्नै कार्ययोजना स्पष्ट नभएको भन्दै सरकारसँग जवाफ मागेका छन् ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा उनले भारत भ्रमणबाट फर्किएका अर्थमन्त्रीसँग नेपालको दीर्घकालीन विकास रणनीतिबारे प्रश्न गरे ।







