दाङको तुलसीपुरमा कपडामा आगाे सल्किँदा एक महिलाकाे ज्यान गयाे

समाचार शेयर गर्नुहोस्

दाङ – कपडाबाट सल्केको आगोले जलेर दाङको तुलसीपुरमा एक महिलाको ज्यान गएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–८ कटकुइयाँकी ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

हिजो बेलुका दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा चौधरीले लगाएको कपडाबाट शरीरमा आगो सल्किएको थियो । घटना भएका बेला घरमा कोही नभएको र पछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए। घटनास्थल पुग्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।

खाना पकाउँदा, घुर अर्थात् आगो ताप्दा जलनको जोखिम उच्च हुन्छ । त्यसमा पनि महिलाहरु यस्तो जलनको जोखिममा धेरै पर्ने गरेका जलनसम्बन्धी उपचार गर्दै आएका प्लाष्टिक सर्जन डा. जसवन शाक्य बताउनुहुन्छ ।

आगोले छिटो समात्ने खालका कपडा नलगाउन, चुलाे भुइँभन्दा अलि उच्च भागमा राख्न, पकाउने तथा आगोको वरिपरि बस्ने बेला सावधानी अपनाउन डा.शाक्यको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।