समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका–२३ स्थित प्रसौनी बिर्तामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३४६ जना लाभान्वित भएका छन् ।

समुदायमा स्वास्थ्य सचेतना बढाउने तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन पनि गर्ने उद्देश्यले ‘रक्तदान जीवनदान, स्वास्थ्य हाम्रो समाज अभियान’ भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रसौनी बिर्ताको प्राङ्गणमा आयोजित कार्यक्रममा उनीहरुले स्वास्थ्य सेवा प्राप्त गरेका हुन् ।