काठमाडाैं,

आज शुक्रबार नेपालीबजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मुल्य तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

बिहिबार छापावाल सुन तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियाे ।

तेजावी सुनको मुल्य तोलामा ८ सय रुपैयाँले घटेर तोलाको १ लाख १० हजार २५० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको मुल्य तोलामा ५५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएकाे छ।