काठमाडाैं,
नेपालमा रहेका बलिउडका अभिनेता आमिर खान मुम्बई फर्किएका छन् ।
बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा बलिउड अभिनेता आमिर खान गत आइतबार १० दिनका लागि ध्यान गर्न आएका थिए ।तर ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्। आज बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्।
उनी आफ्नो साथी राजीव लुथ्राको निधन भएपछि फर्किएको ध्यान केन्द्रले जनाएको छ।